२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार



अ+ अ-

काठमाडौं । सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिनेछ ।

अध्ययनको काम भने नेपाल टेलिकमले गर्नेछ । उनले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको तयारी रहेको दिए । डिजिटल नेपाल कार्यक्रमले  समेटेका  कतिपय उद्देश्य पूरा गर्न फाइभजी प्रविधिको समेत आवश्यकता हुने भएकाले त्यससँगै जोडेर अध्ययन हुने उनले बताए ।

गत माघ २२ मा आयोजित कम्पनीको १७औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्ष २०७७र७८ भित्रै फाइभजी परीक्षणका लागि टेलिकमलाई निर्देशन दिएका थिए । सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी सञ्चालनका लागि परीक्षण तथा अध्ययन गर्ने योजना उल्लेख गरेका थिए ।

त्यस्तै यसको व्यावसायिक सञ्चालनका लागि प्रारूप तयार गर्ने योजना रहेको पनि उनले बताएका थिए । विश्वमा केही विकसित देशले परीक्षणका रूपमा फाइभजी सुरु गरे पनि यसको पूर्ण व्यावसायिक प्रयोग भने भइसकेको छैन । सरकारले परीक्षणपूर्व नै त्यसमा हुने लगानी, लाभ र प्रयोगबारे स्पष्ट हुन अध्ययन गर्न खोजेको सहसचिव दत्तले बताए । गोरखापत्र दैनिकमा समाचार छ ।