१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रचण्डलाई बाबुरामको कटाक्ष: क्रान्तिकारीलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउँछ



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले क्रान्तिकारीहरूलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउॅछ भनेको यस्तै हो कि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्नुभएको छ ।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गरेकाहरुको माग पुरा गर्नुको साटो सामान्य प्रक्रियागत मुद्दा तेर्स्याएर दमन गर्नु लज्जास्पद र भर्त्सनायोग्य भएको जनाउनु भएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

हिजो गरीब किसान-मजदूरकोनिम्ति लडेकाहरूले नेतृत्व गरेको सरकारले सूदखोरी (निजी र संस्थागत) पीडित गरीबहरू (अधिकांश महिलाहरू) को राजधानी -केन्द्रित आन्दोलनका माग इमान्दारितापूर्वक शीघ्र समाधान गर्नुसट्टा उनीहरूलाई सामान्य प्रक्रियागत मुद्दा तेर्स्याएर दमन गर्नु लज्जास्पद र भर्त्सनायोग्य छ!

अझै आफ्ना प्रशासनिक र सुरक्षा कमजोरीको जिम्मेवारी लिनुसट्टा सर्वसाधारण पैदल हिड्ने बाटो छेकेर निषेधित क्षेत्र घोषणा गर्नु अधिनायकवादको परिचायक भएको प्रष्टै छ।

क्रान्तिकारीहरूलाई बन्दुकको गोलीले भन्दा सत्ताको गुलियोले छिटो सिध्याउँछ भनेको यस्तै हो कि?