२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै



अ+ अ-

काठमाडौं । मेलम्ची  खोलाको  पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची   खानेपानी   विकास   समितिका   पदाधिकारी   तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले   आज मेलम्ची   पुगेर पानी पथान्तरणको  निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

 सो  अवसरमा मन्त्री  थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय  गरिएको  छ ।  मेलम्चीमा  सुरुङ  प्रवेशद्वार  ९गेट०को  जडान  र फिनिसिङ  सम्पन्न  भएपछि  पानी  पथान्तरण  गर्नुअघि  प्राविधिक टोलीमार्फत  अनुगमन  गरिएको  थियो ।  

आयोजनाको  प्रमुख  दाता एसियाली विकास बैङ्क ९एडीबी०ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन  गराएर  थप  काम  गर्नुपर्ने  सुझाव  दिएपछि  पथान्तरणका लागि  करिब  दुुई  महिना  ढिला  भएको  थियो । मेलम्चीको  पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो  चरणमा  सुरुङमा  पानी  पठाएर  होल्ड  ९पथान्तरण० गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ । गोरखापत्र दैनिकमा समाचार छ ।