१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पंकज उदासको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै



अ+ अ-

एजेन्सी । भारतका चर्चित गजल गायक पंकज उदासको पार्थिव शरीर मुम्बईको वर्लीस्थित हिन्दू शवदाह गृहमा राखिएको छ । केही समयभित्रै उनी पाँच तत्वहरूमा विलय हुनेछन् । अन्तिम यात्रा सुरु गर्नुअघि पद्मश्री पुरस्कार विजेता पंकज उदासलाई राजकीय सम्मान प्रदान गरिएको थियो ।

उनको पार्थिव शरीर मंगलबार बिहान मुम्बईस्थित उनको घरमा ल्याइएको थियो । उनको सोमबार ७२ वर्षको उमेरमा निधन भएको हो ।

पंकज उदासले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकज उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो ।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए, उनलाई इसराज खेल्न निकै मन पर्थ्यो । उनकी आमा जितुबेन उदासको गीत निकै मन पराउँथिन् । यही कारण पंकज र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो ।

पंकजले गायनमै करियर बनाउने सोचेका थिएनन् । त्यसबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो । यसै क्रममा लता मंगेशकरको गीत ‘ए मेरे वतन के लोगों’ रिलिज भएको थियो । पंकजलाई यो गीत निकै मन पर्यो । उनले कसैको सहयोग बिना नै एउटै लय र धुनमा यो गीत बनाएका हुन् ।

बिस्तारै पंकज गजल गायनको प्रेममा परे, जसका लागि उनले उर्दू सिके । एक पटक स्टेज पर्फमेन्स दिदै थिए, जहाँ उनले ४–५ गजल गाइसकेका थिए । त्यसपछि एक दर्शक उनीकहाँ आएर गजलको लागि अनुरोध गरे ।

पंकजलाई उनको व्यवहार मन परेन र उनले गीत गाउन अस्वीकार गरे । यो देखेर ती व्यक्ति यति रिसाए कि पंकजको अगाडि बन्दुक तान्दै गीत गाउन भने । पंकज मानिसको यो कार्यबाट यति डराए कि उनले उनको अनुरोधमा गजल गाए ।

पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैको भेट एक साथीको विवाहमा भएको थियो । पंकजले फरिदालाई पहिलो नजरमै मन पराएका थिए । त्यतिबेला उनी ग्रेजुएशन गरिरहेका थिए र फरिदा एयर होस्टेस थिइन् । दुईबीच पहिले मित्रता थियो, त्यसपछि प्रेम । दुवै विवाह गर्न चाहन्थे । पंकजको परिवारलाई यो सम्बन्धमा कुनै आपत्ति थिएन ।

जब फरिदाले आफ्नो परिवारलाई यस सम्बन्धको बारेमा बताइन्, उनीहरूले यो सम्बन्धलाई स्वीकार गरेनन् । आफ्नी छोरीको अर्को धर्ममा बिहे गराउन चाहँदैनथे । फरिदाको आग्रहमा पंकज उनको घर गए र बुबासँगको सम्बन्धको बारेमा कुरा गरे । फरिदाका बुबा रिटायर्ड पुलिस अफिसर थिए, त्यसैले पंकज धेरै डराउँथे, तर उनले आफ्नो शब्दले उनको मन जिते । फरिदाका बुवाले उनीहरुको बिहे गर्न राजी भए । त्यसपछि दुवैले विवाह गरे । दुवैका दुई छोरी नायब र रेवा छन् ।