२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि



अ+ अ-

काठमाडौँ । सरकारले आजदेखि ७५ जिल्लामा राष्ट्रिय दादुरा—रुबेला खोप अभियान सञ्चालन गर्दैछ । खोप अभियान चैत्त ७ गतेसम्म सञ्चालन हुनेछ ।

रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ । सरकारले सन् २०२६ मा यो रोग निवारण गर्ने लक्ष राखेको छ ।

दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिका र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिका रहेका छन् ।

यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ ।

बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।