२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालमा रेम्डिसिभिरले निको हुने दर बढी



अ+ अ-

काठमाडौं । प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो ।

परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरुमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार नेकपामा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययनमा यस्तो नतिजा निस्केको हो ।

रेम्डिसिभिर मात्र प्रयोग गरिएका ८४ प्रतिशत बिरामीहरु निको भइ डिस्चार्ज भएका थिए । रेम्डिसिभिर मात्र प्रयोगले मध्यम तहको संक्रमण भएका (जटिल निमोनिया नभएका) बिरामीहरुको निको हुने दर ९४.४ प्रतिशत रहेको थियो ।

रेम्डिसिभिरको तुलनामा कन्भालेलेन्ट प्लाज्मा थेरापी मात्र प्रयोग भएका बिरामीको निको हुने दर ३९ प्रतिशत कम रहेको छ । प्लाज्मा मात्र लिएका बिरामीमा गम्भीर निमोनिया तथा संक्रमण भएको थियो । अध्ययनअनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो । नागरिक दैनिकमा समाचार छ ।