काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।
सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका १४ जना मध्ये तीन जनाको नाम सिफारिस गरेको हो।
उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस भएको छ ।
यसअघि सिफारिस समितिले १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो। उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए ।