१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘मान्छेको मासु खाएर थकित’



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकामा मान्छेको मासु खाएर आफू थाकिसकेको बताउँदै एक नरभक्षीले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि नरभक्षीको आरोपमा ४ जनालाई अदालतमा उभ्याइएको छ।

अदालतमा उभ्याइएका २२ , २९ र ३२ वर्षीय पुरुषमाथि हत्या र मानव अंग खाएको र अर्को ३१ वर्षीयमाथि मानव अंग भक्षण गरेको आरोप लगाइएको छ। तीमध्ये एकले दक्षिण अफ्रिकाको पूर्वीप्रान्तको क्वाजुलु नातालमा पर्ने इस्टकोर्ट नगरमा प्रहरीसमक्ष मान्छेको मासु खाएको बयान दिएका थिए। उनले ‘मान्छेको मासु खाएर थकित भइसकेको’ बताएका थिए।

प्रहरीले ती व्यक्तिको घरमा खानतलासी गर्दा मानव अवशेष फेला पारेका थिए। उक्त घटनाको छानबिनका क्रममा अन्य दुईजनालाई सोही शहरबाटै पक्राउ गरियो। एक संदिग्ध न्यान्गा भनेर चिनिने परम्परागत रोग उपचारक अर्थात धामी थिए।

प्रहरीले एक महिलाको अवशेष फेला पारेका थिए। ती महिलालाई संदिग्धहरूले बलात्कार, हत्या र त्यसपछि शरीरका अंगहरू काटेका थिए। जुन उनीहरूले खाएका थिए। उनीहरूमाथि शिकार भएकाहरूलाई बलात्कार गर्ने, हत्या गर्ने र त्यसपछि स-सानो टुक्रा पारेर अंगहरू खाने गरेको आरोप लगाइएको न्युज २४ लाई म्ब्हेलेले बताए।

ती अभियुक्तहरू ठूलै अपराध गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको र त्यस क्षेत्रमा आफन्त बेपत्ता भएकाहरूलाई सम्पर्क गर्नका लागि प्रहरीले आह्वानसमेत गरिसकेको बीबीसीले उल्लेख गरेको छ।