२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढ्दै



फाईल फोटो
अ+ अ-

रूपन्देही । चन्द्रागिरि केबलकारको सफलतापछि ढकालको आइएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढाएको छ। आइएमई समूहकै नेतृत्वमा नवलपुरको गैंडाकोटमा पनि मौलाकालिका केबलकार परियोजना अघि बढेको छ।

ढकाल आइएमई समूहका अध्यक्ष हुन्। उनी मुलुकका सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएर अघि बढेका छन्। यो समूहको नेतृत्वमा बुटवलमा निर्माण सुरु भएको लुम्बिनी केबलकारको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।

वित्तीय क्षेत्रमा सफलता पाएको आइएमई समूहले पछिल्लो समय केबलकार र सँगसँगै होटलमा लगानी बढाएको छ। मुलुकको पर्यटन विकासमा सघाउन सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएको समूहका अध्यक्ष ढकालले बताए। ‘लुम्बिनीमा केबलकार निर्माण सुरु गरेका छौं,’ ढकालले भने, ‘एक वर्षमा सम्पन्न गर्ने योजनामा छौं।’ गैंडाकोटको मौलाकालिका मन्दिरमा पनि छिट्टै निर्माण अघि बढाउने उनले बताए।

व्यवसायी ढकालले केवलकार परियोजनामा होटल र मन्दिरलाई जोडने गरेका छन्। चन्द्रागिरी र बुटवलमा यी तीनै पक्ष छन्। लुम्बिनी केबलकार साढे तीन अर्ब रूपैयाँको लगानीमा निर्माण अघि बढाएको ढकालले जानकारी दिए। ‘केबलकारसहित तारे होटल पनि निर्माण गर्छौं,’ उनले भने, ‘स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने योजना हो।’ नागरिक दैनिकमा समाचार छ ।