२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गगन थापा भन्छन्: प्रधानमन्त्री दाहाल स्वयंले काम गर्ने तरिका बदल्नुपर्छ



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले काम गर्ने तरिका बदल्नुपर्ने बताउनुभएको छ ।

निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्नेकुरा मुर्खता शिवाय अरु केही नहुने महामन्त्री थापाको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले पछिल्लो समयमा दिँदै आउनुभएको निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गर्नुभयो ।

उहाँले प्रधानमन्त्री दाहालले कार्यालय प्रमुखझैं देशको प्रमुखको रुपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने दाबी गर्नुभयो । महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताउनु भयो । उहाँले मुलुकको समस्या समाधानका लागि प्रधानमन्त्री दाहालले अतिरिक्त पहलकदमी लिनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘अहिले लामो समयदेखि रोकिराखेका विषयमा काम गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भनेको हामीले देख्यौं । तर छलफल गरीसके पछाडी आज छलफल भयो, मैले भनेको १० दिन, १५ दिन भित्र यति काम गर्ने भनेर निर्देशन दिएको पनि हामीले पढ्यौं । यो भन्दा अगाडिको प्रधानमन्त्रीले निर्देशन नदिएकाले अहिले मैले निर्देशन दिएकाले हुन्छ भन्ने सोचबाट बाहिर निस्कौं । निर्देशनले हाम्रो समस्या समाधान गर्दैन । प्रधानमन्त्रीले निर्देशन दिएको देखेपछि मन्त्रीले पनि निर्देशन दिने भए । मन्त्रीले दिएको देखेपछि संसदीय समितिले पनि निर्देशन दिने हो । सबैले सबैलाई निर्देशन दिने मात्रै हो । स्थानीय सरकारहरुको हालत यस्तै छ ।’

‘प्रदेशको सरकारको हालत यस्तै छ । त्यसैले यहाँ भित्र हाम्रो समस्याको समाधान खोज्नका निम्ति अतिरिक्त पहलकदमी चाहिएको छ । त्यसैले म फेरी दोहोर्‍याएर भन्छु–कि प्रधानमन्त्रीले त्यो सिंहदरबार भित्र प्रधानमन्त्रीको कुर्सीमा बसेर दिनको १० देखि ५ बजेको समय जसरी कुनै एउटा संस्थाको प्रमुखले संस्थाको नेतृत्व गरेको हुन्छ । दिनको निश्चित समय आफूले दिएको जिम्मेवारी भन्दा बाहेक अरु कुनै जिम्मेवारीको चिन्तन गर्दैन, सोच्दैन । त्यसैलाई पाथमिकता राख्छ, नेपालको प्रधानमन्त्रीले पनि त्यसरी नै काम गर्नुपर्छ । त्यसपछि मात्रै त्यो उपलब्ध भएको समयको बीचमा गरिने छलफलले समस्या पनि देखाउँछ, समस्याको पहिचान पनि हुन्छ । समाधान कसरी खोज्ने भन्ने कुरा पनि जान्छ । र त्यसैले हामीलाई टुंगोमा पनि पुर्‍याउँछ । काम गर्ने तरिका नबदलिकन फरक परिणाम आउँदैन । उही काम गरेर फरक परिणाम अपेक्षा गर्ने कुरा मुर्खता मात्रै हुन्छ । त्यसको शुरुवात स्वयं प्रधानमन्त्रीबाटै गरिनुपर्छ ।’

महामन्त्री थापाले उही तरिकाले काम गरेर सरकारले फरक किसिमको अपेक्षा गर्न नहुने दोहोर्‍याउनु भयो ।