१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिज्ञानको चमत्कार ! शल्यक्रिया गरेर जुम्ल्याहा दाजुभाइ दिदिबहिनी बनेपछि



अ+ अ-

एजेन्सी । ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर शल्यक्रिया पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा शल्यक्रिया गरेपछि युवती बनिसकेका छन् । मायला र सोफियाका अनुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं महसुस गर्न नसक्ने भएकोले आफूहरुले शल्यक्रिया गराउने निर्णय लिएको बताए ।

ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो । यो शल्यक्रियाको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्स मार्फत् अनुभव साझा गरेका छन् ।

अर्जेन्टिनामा मेडिसिनको पढाई गरिरहेकी मायलाले भनिन्, ‘मलाई सधैं आफ्नो शरीर राम्रो लाग्थ्यो तर म पुरुष भएर निकै असहज महसुस गर्दथेँ ।’ मायला र सोफियाले यौन हिंसा र उत्पीडन जस्तो स्थितीमा आफूहरु एक अर्काको सहारा बनेको बताए ।

साओ पाउलोमा सिभिल इन्जिनियरिङको पढाई गर्ने सोफियाका अनुसार ब्राजिलमा ट्रान्सफोबिया अत्यधिक छ । मानिसहरु यहाँ तेस्रो लिङ्गीलाई असाध्यै उत्पीडन गर्छन् । स्मरण रहोस्, नेशनल असोसिएशन अफ ट्रान्ससेक्सुएल्सको आँकडा अनुसार अघिल्लो वर्ष ब्राजिलमा १७५ जना मारिएका थिए । यो अन्य देशको तुलनामा असाध्यै धेरै हो ।

सोफियाले भनिन्, ‘हाम्रो निर्णयमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा मजाक उडाउन सक्ने र हामीलाई उत्पीडन गर्न सक्ने डरले निकै सताउँथ्यो । मेरा हजुरबुवाले शल्यक्रियाका लागि पैसा दिएका थिए । २० हजार डलरको यो शल्यक्रियाका लागि उनले आफ्नो सम्पत्ति बेचिदिएका थिए ।’

स्मरण रहोस्, सोफिया र मायलाका आमाले उनीहरुलाई निकै समर्थन गर्छिन् । ४३ वर्षकी स्कूल सेक्रेटरी लूसिया डा. सिल्वा भन्छिन्, ‘मलाई सधैं लाग्थ्यो कि मेरा छोराहरु चिन्तामा छन् र म उनीहरुलाई छोरीलाई झैं व्यवहार गर्दथेँ किनभने मैले यसो गर्दा उनीहरु निकै खुसी हुन्थेँ ।’मायला र सोफियाले आफ्नी आमालाई एक बलियो सर्पोट बताउने गर्छन् ।