१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको कारोबारको पहिलो दिन नै नेप्से परिसूचक २१.५८ अंकले आरालो, चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.५८ अंकले ओरालो लागेको छ । यो दिन ०.८६ प्रतिशत घटेर २ हजार ४८५ .०९ विन्दुमा पुगेको छ । 

यो दिन २ सय ११ वटा कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटकमा  रू. ५ अर्ब ५४ लाख ६६ हजार ४८० बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंकले कारोबारको सर्वाधिक हिस्सा ओगटेको छ । उक्त कम्पनीको रू. ४२ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

यो दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य आइतबार प्रतिकित्ता रू. ६६५ पुगेको छ । दोस्रोमा नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ९.८३ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्कषण बढेको हो ।

कम्पनीले आइतबार नै १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो दिन कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक ०.९२ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २.२४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

सबैभन्दा बढी व्यापार समूहको परिसुचक ४.६८ प्रतिशतले घटेको छ । शेयर मूल्य सबैभन्दा बढी घट्नेमा नेशनल हाइड्रोपावर कम्पनीको ५.५२ प्रतिशत घटेको हो । त्यसैगरी दोस्रोमा साल्ट टेड्रिङ कर्पोरेशनको शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।