![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2023/06/mugling-narayangad-road-landslides-pahiro.jpg)
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोलि दिउँसोमा खुल्ला रहने भएको छ ।
देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलालाई मध्यनजर गर्दै दुई दिन यातायात सुचारु गर्ने निर्णय गरिएको हो ।
यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको थियो ।
यस सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि दिउँसोको समयमा चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको छ ।