गोरखा माझकोटमा वि. सं. १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपालउपत्यकालाई वि. सं. १८२६मा पूर्णरुपले जितेपछि आधुनिक नेपालको जग बस्यो । एकीकरणका क्रममा पृथ्वीनारायणले शस्त्रमात्र होइन कुटनीति, राजनीतिसहित हरेक क्षेत्रका विज्ञलाई परिचालन गरे ।
पात्रअनुसारको पद, योग्यताअनुरुपको जिम्मेवारी, योगदानका आधारमा दर्जा दिए । गोरखाको माझकोट नजिकै बस्दै आएका नगर्ची परिवारका विसे नगर्चीले पृथ्वीनारायणलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरे । टाकुरेराजासँग आर्थिक अभाव हुनु त स्वभाविकै थियो ।
उनलाई बुबा नरभूपालको शासनकालमा हात नलागेको नुवाकोट राज्य लिनुथियो, गोरखाराज्यलाई विशाल नेपालमा मिसाएर दक्षिणबाट बढ्दै आएको अंग्रेजबाट जोगानुथियो । वि. सं. १८००मा नुवाकोटसँग भएको युद्धमा पृथ्वीनारायणले नै पराजयको स्वाद चाखे । गोरखाले विजयपतका फहराउनका लागि युद्ध प्रशिक्षिण एवं हतियार आवश्यक थियो ।
यसका लागि गोरखाराज्यसँग नगद थिएन । यो अप्ठेरो अवस्थामा सल्लाह लिन पृथ्वीनारायण शाह आफैँ बिसे नगर्चीकहाँ पुगे । सत्रौँ शताब्दीका राजाले नगर्चीको घरमा जानु त्यो परिवेशमा अचम्मको विषय मान्न सकिन्छ । नरभूपालका शासनकालमा नै विसेको पहुँच दरबारमा नभए पृथ्वीनारायण अवश्य जाने थिएनन्, उनका कुरा सुन्ने थिएनन्, सुझाएको बाटो हिँड्ने थिएनन् ।
यथेष्ट ऐतिहासिक सामग्रीको अभावमा बिसे कसका सन्तान थिए ? उनले नरभूपाललाई के गुन लगाएका आदिको कारण वा कुन क्षमताले पृथ्वीनारायणलाई विसेको घर जाने प्रेरणा दियो त्यो विचारणीय छ । तथापि बिसेको विवेक, गोरखादरबारप्रतिको इमान्दारिता, राजसंस्थाप्रतिको निष्ठा थाहा पाएका हुँदा पृथ्वीनारायण उनको घरमा पुगे । राजा सबैका साझा हुनाले नै पृथ्वीनारायणले विसेको थर, जाति, पेशालाई भुलेर आफ्नो परिस्थितिलाई बिसाउन गए ।
बिसेको मनमा विशाल गोरखाराज्य, बलियो गोरखाराज्य, नुवाकोटसहितको गोरखाराज्यले स्थान जमाएको थियो । कर नतिर्नेहरुले, राजस्व छल्नेहरुले विसेलाई संझनुपर्छ, अर्थमन्त्रालयले विसेको चिन्तनलाई स्वीकार्नुपर्छ, अर्थविद्हरुले विसेको जुक्तिबाट शिक्षा लिनुपर्छ । अनपढ्, अछुतको खोल अढे पनि विसेभित्र गोरखाराज्यको मुना पलाएको थियो जसले पृथ्वीनारायणको नर्सरीमा स्थान पाएको हुनाले एकीकरणको जग बसाल्न सहयोग गर्यो ।
विसेले एक रुपैँया निकालेर पृथ्वीनारायणतिर अर्पण गर्दै गोरखाराज्यको १२ हजार घरधुरीबाट १/१ रूपैया उठाउने जुक्ति बताए । त्यतिबेला गोरखाको वार्षिक आय ६ देखि ८ हजारसम्म थियो । विश्वविद्यालयको पढाईले प्रमाणपत्र दिन्छ तर राष्ट्रिय नदिन पनि सक्छ । बिसेमा पारिवारिक विरासद्, व्यक्तिगत अनुभूति, वर्तमान परिस्थितिले गोरखाली वीरता उम्लिराखेको थियो । पृथ्वीनारायण शाहलाई विसेको विचार र दिशानिर्देश उपयुक्त लाग्यो । सोहीअनुसार गरी बनारसबाट हात–हतियार किनी ल्याए ।
वि. सं. १८०१मा गोरखाले दोस्रोपटक नुवाकोटमाथि हमला गरे । यस युद्धमा बिसेले हतियार लिएर, गोरखनाथ र गोरखकालीको आशीर्वाद ग्रहण गरी सहभागी बने । नेपाल एकीकरणको शिल्यान्यास नुवाकोटबाट भयो र काठमाडौँको एक खण्ड गोरखाराज्यमा गाभियो । नुवाकोटयुद्धबाट प्रष्ट हुन्छ कि बिसे दमाईले सिपाहीको भूमिका निर्वाह गरी विशाल नेपालको शुभ साईतमा दमाहमात्र बजाएनन्, द्रव्यमात्र दान गरेनन् जीवनलाई नै समर्पित गरे । बिसेलाई कुटनीति, युद्धनीतिदेखि अर्थनीतिसम्म राम्रो ज्ञान थियो ।
सैनिकलाई आवश्यक पर्ने कपडा, युद्धविजयपछि बजाउने बाजामा नगर्ची परिवारको महनीय योगदान थियो । सबै जात, पेशा र धर्मका मानिसलाई एककीरणको महायज्ञमा सहभागी गराएको हुनाले पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी भने । उनको फूलबारीमा कालु पाँडेदेखि बिसे नगर्ची, बिराज बखेतीदेखि शिवराम बस्न्स्यातसम्म अटाएका थिए । बिसे नेपाल एकीकरणको एक आर्दश, राष्ट्रवादी एवं वीर सपुत्र हुन् । उनको खोज इतिहासविद्ले मात्र होइन गोरखालीले पनि गर्न जरुरी छ ।
नगर्चीको नाम भजाउने, फिजाउने, अस्त्र बनाउने क्रम दिन प्रतिदिन बढ्दै गए पनि वास्तवकिता ओझेलमा परेको छ । माझकोटभन्दा केही तल रहेका नगर्ची बस्तीको कान्ला, ढुङ्गा र पखेराबाहेक अरुलाई बिसेको यर्थाथ ज्ञान छैन । नुवाकोटपछिका केही युद्धमा उनको नाम देखिए पनि देहान्तका बारेमा इतिहास मौन छ ।
उनलाई पृथ्वीनारायणले नुवाकोटमा बसाए कि ? काठमाडौँमा ल्याए कि ? गोरखाको सुरक्षा दिन लगाए त्यो खोजको विषय छ । बिसे एकीकरणका नायक हुन् जसको विषय अहिले विलीन हुने अवस्थामा पुगेको छ । राष्ट्रिय एकता दिवसका अवसरमा बिसेको विवेक, विचार र योगदानलाई नमन ।
भौगोलिक रूपमा, जातजातिका हिसाबले, धार्मिक, आर्थिक र रीतिरिवाजले विविधता बोके पनि पृथ्वीनारायणले नेपाल र नेपालीलाई साक्षी राखी एकताको बिगुल फुकेकÓ कारण नेपाल स्वतन्त्र राष्ट्र हुन सकेको छ । पृथक् संस्क¯तिमा रमेका सानातिना राज्यहरूलाई, एउटै राज्यसूत्रमा आबद्ध गरी, एउटै राष्ट्रिय भाव जगाउनु र विभि; धर्मावलम्बीलाई सहिष्णुताको पाठ सिकाउनु त्यो समयका लागि सामान्य कुरा होइन । यसको मर्म आत्मसात् गर्न नसकेकÓ कारण शान्ति सुरक्षा, कानुन र मर्यादा भ;े क¬रा हराइसकेको छ । बिसेका विचार अहिले ओझेलमा परेका छन् ।
उनीमाथि उनकै थरधारीले लाभ, हानिलाई ध्यान दिएर काम गर्न थालेका छन् । राष्ट्रको मौलिक पहिचान, सुसंस्क¯ति, रीतिरिवाज, संस्कार र परम्परा प्रभावहीन हुन पुगेको वर्तमान परिप्रेक्ष्यमा विसे चिन्तन र योगदानको चर्चा हुन आवश्यक छ । जाति र धर्मका नाममा राष्ट्र विखण्डनको दोसाँधमा उभिएका बेला बिसेको विचारलाई माटोमा मन्त्रिएर फैलाउनुपर्छ । हामीले क¬लधर्म र मुल परम्परा छोड्नु भनेको आफ्नै पुर्खा र राष्ट्रलाई धोका दिनु हो भन्ने ज्ञान बिसे निगर्चीबाट सिक्नुपर्छ ।
स्वार्थ, सत्ता र सुविधाका लागि नैतिकता छोडेर, सिद्धान्त बेचेर, राष्ट्रलाई बन्धकी राख्नेहरुले पृथ्वीनारायण र बिसेबीचको राष्ट्रचिन्तन पढ्न आवश्यक छ । यो मन्त्रलाई बिर्सेर कसैलाई वर्ग शत्रु मा;े, अवसरका लागि संस्कार र संस्कतिको खेतीमा लागिरहेको देखिन्छ । गोरखालीले वीरतालाई भूल्न हुँदैन, नेपालीले एकतालाई भुल्न हुँदैन जसकालाई बिसेको विषय र विचारलाई सुन्नुपर्छ, सोध्नुपर्छ, सोचमा राख्नुपर्छ ।