२९ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बाँकेको बालसुधार गृहमा फेरि तनाव, स्थिति नियन्त्रणमा लिने प्रयास



अ+ अ-

काठमाडौं । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ जयेन्दु बाल सुधार गृहमा हिजोदेखि सुरु भएको तनाव रोकिएको छैन ।

प्रहरीले स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिने प्रयास जारी राखेको जनाएको छ । सो बालगृहमा हिजो दिउँसोदेखि नै तोडफोड र आपसमा झडपहरु भएका थिए । बालसुधार गृहमा राखिएका युवाहरु आफू–आफूमै लड्ने र सुधारगृह तोडफोड गर्ने गर्न थालेपछि प्रहरी खटाइएको छ । उनीहरुलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको तर तोडफोड र तनाव जारी नै रहेको प्रहरीले जनाएको छ ।

सो घटनामा परेर केही व्यक्ति घाइते पनि भएका छन् । उनीहरुले कसैलाई पनि सुधारगृह भित्र प्रवेश गर्न नदिएकाले भित्रको अवस्था विस्तृतमा थाहा हुन सकेको छैन । सिभिलमा खटिएका प्रहरी बाल सुधार गृहको भित्र पसेर स्थिति नियन्त्रणमा लिन खोजेका तर पनि नसकेपछि आज बिहान नेपालगञ्जबाट थप प्रहरी टोली गएको छ ।

प्रहरीलाई सुधार गृहमा बल प्रयोग गर्ने अधिकार नभएकाले स्थिति नियन्त्रणमा आउन नसकेको एक अधिकारीले जनाएका छन् ।