काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको कार्यभार देवकुमार ढकालले सम्हाल्ने भएका छन् । राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त भएका हुन् ।
यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरीवेक्षण विभागमा भएपछि ढकाललाई प्रवक्तामा नियुक्त गरिएको हो ।
राष्ट्र बैंक नियमन विभागका प्रमुख ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकाल २५ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत छन् ।