२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नागढुंगाबाट दुई किलो सुनसहित तीन जना पक्राउ



नागढुंगा । फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौं छिर्ने नाका नागढुंगाबाट प्रहरीले दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पिकअप स्कार्पियोको गियर बक्समा दुई किलो सुन लुकाएर ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । यसबारे आवश्यक अनुसन्धान भईरहेको छ ।