६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेताहरुमा धम्कीको भाष्य किन बढेको होला !



अ+ अ-

एक जना मेडिकल व्यवसायी, जो दुई ठूला हौं भन्ने कम्युनिष्ट नेताले पुल्पुल्याएर हुर्काएका व्यक्ति पनि हुन्, उनले ८-१० हजार (सरकारी तथ्याङ्क अनुसार) मानिस सडकमा उतारेर नेताहरुको विरोध के गरेका थिए, तिनै नेताहरु ती मेडिकल व्यवसायीलाई राजाले उक्साएको भनेर राजाउपर धम्कीको भाषा प्रयोग गर्न उद्यत देखिंदैछन् ।

नेताहरुले आआफ्नो दलको समर्थन गरुञ्जेल त्यही व्यक्ति असल, विश्वासिलो र दलको उच्चस्तरको सदस्य भनेर अर्को विरुद्ध उक्साउने गरेको देखिएकै हो । अहिले तिनै नेताहरुको विरोध गर्दा व्यवस्था विरुद्ध राजाले उकासेको भनेर आरोप लाउनु नेताहरुमा देखिएको विचलन मात्र हो वा कुशासन र भ्रष्टाचारको बचाउको लागि जनताको ध्यान अन्यत्र मोड्ने चालवाजी हो ? जनस्तरबाट यसको सुक्ष्म मूल्याङ्कन हुनु जरुरी छ ।

कम्युनिष्ट हौं भन्नेहरुको चरित्र नै तल्लो स्तरको उग्र गालिगलौज गर्नु र उग्रहरुलाई उकासेर आफ्ना विरोधीहरुप्रति आक्रामक प्रस्तुति गर्न लगाउनु हो, जुन नेपालले निकै लामो समयदेखि भोग्दै आएकोछ । कम्युनिष्ट नेता तथा कार्यकर्ताको गाली र धम्की महात्म्य सिकेर होला आजकल धेरै मानिसहरु उग्र हुन थालेको देखिन्छ ।

अव त प्रजातन्त्रका हिमायती हौं भन्नेहरुले पनि कम्युनिष्टहरुको चरित्र अनुरुप हाँक र धम्की दिंदै राजालाई पार्टी खोलेर चुनाव लडेर देखाउन (२०४८ सालको चुनावताकाको भाषणको नक्कल) चुनौती दिन थालेछन् ।

प्रजातन्त्रको मान्यता अनुरुप सानातिना विरोधलाई संविधान र कानुनको सीमाभित्र रहेर व्यवस्थापन गर्ने, गराउने र त्यस्ता विरोधले ठूलो रुप लिएमा त्यसरी उठाइएका मुद्धालाई जनतासमक्ष लगेर जनमत अनुसार गर्ने हो, नकि स्यालको हुइयाँ मच्चाउने हो ।

अहिलेको समस्या भ्रष्टाचार र कुशासन हो । तीन ठूला दलले चाहेमा कुशासन हटाएर जनताको विश्वास जित्न सक्ने पर्याप्त शक्ति पनि छ । तर यी तीन दलका वर्तमान मुख्य नेताहरुबाट यसरी कुशासन हटाउने सम्भावना अत्यन्त कम देखिन्छ । कुशासनमा यसरी नै लागिरहने हो भने जनताले विकल्प खोज्छन्, त्यो पनि निश्चित हो । जनताले मिसन २०८४ सम्म पर्खिन पनि सक्छन् र त्यस अगाडि नै कदम चाल्न पनि सक्छन् । तर जनताले प्रजातन्त्रको विकल्प खोज्ने सम्भावना भने छैन ।

कुशासनका हिमायती भ्रष्ट नेता र शासकहरुको दुर्गति कसरी हुन्छ भन्ने उदाहरण विश्वका विभिन्न देशहरुमा देखिने गरेकै छन् ।