१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ठाकुर र महतोलाई फकाउँदै दाहाल र पौडेल



अ+ अ-

काठमाडौं । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी ९जसपा० को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन्। 

जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने बिनासर्त ओलीको विकल्प खोज्न तयार छन्। कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय लिएको दुई दिनपछि वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरसँग आइतबार उनकै निवासमा गएर कुराकानी गरेका थिए । 

स्रोतका अनुसार ठाकुरले सरकार निर्माणका सन्दर्भमा पुरानै कुरा दोहोर्याएका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको निर्णयप्रति नै उनले चित्त दुखाएका थिए । जसपाले समेत नेतृत्व दाबी गरिरहेका बेला कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णयले वातावरण बिथोलिएको भनाइ ठाकुरले राखेका थिए । पौडेलले त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै समझदारीमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकिने बताएका थिए ।  कान्तिपुर दैनिकमा छ ।