१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थप

सजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए  ।भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खाँचो रहेको मन्त्रालयले जनाएको छ । यस अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट लेखी आएबमोजिम गर्न र गराउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहले अब सबै प्रवेश बिन्दुका हेल्थ डेस्कमा ज्वरो आएका यात्रुहरूको आरडीटी परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ । परीक्षण गरी कोरोना संक्रमित भएमा अस्पताल र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी तिनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ । त्यसै गरी, क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्नुपर्ने छ । रोगको निगरानी र कन्ट्रयाक्ट ट्रेसिङलाई बढावा दिने व्यवस्था मिलाउनुपर्ने छ ।

आफ्नो पालिकामा कोरोना जोखिम रहेको स्थान वा क्षेत्रको पहिचान गरी समुदायस्तरमा कोरोना नियन्त्रण गर्न गरिने प्रावधान पालना गरिनेछ । जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रचारप्रसार अभियान तीव्र बनाउन पनि मन्त्रालयले भनेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।