१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपालको कुल जनसंख्याभन्दा बढीले बैंक खाता खोले



अ+ अ-

काठमाडौं । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।

गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन् । यसैगरी, १६ लाख २ हजार जनाले कर्जा खाता खोलेको राष्ट्र बैंकले जनाएको छ । गत आवको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७ सय २७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार पु¥याउन घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजनासमेत ल्याएका छन् । सोही कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो । हाल खोलिएको बैंक खाता नेपालको कुल जनसंख्याभन्दा झन्डै ४३ लाख ७६ हजार ८ सय ९१ जनाले बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार ५८ जना रहेको छ ।

कुल जनसंख्याभन्दा धेरै बैंक खाता भए पनि सबै नेपाली नागरिकसमक्ष बैंक खाता पुग्न भने सकेको छैन । एक व्यक्तिले बैंक तथा वित्तीय संस्था नै पिच्छे फरक खाता खोल्न पाउने व्यवस्था छ । त्यसैले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको राष्ट्र बैंकको भनाइ छ । राजधानी दैनिकमा समाचार छ ।