१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका  श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२  वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हा ।

यसअघि गत माघमा मलेसियाबाट  १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको  थियो । त्यसो त  चालू आर्थिक  वर्ष  २०७७/०७८  को पहिलो नौ महिनामा  मलेसियाबाट मात्रै  २१९ वटा शव आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान  गुमाएका १६ महिलासहित  ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि  चैत  २२ गतेसम्म  वैदेशिक रोजगारीमा  गएकामध्ये  त्यो  सङ्ख्याले  रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव  स्वदेश ल्याइएको   बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी  दिए । बोर्डका  अनुसार  सो  अवधिमा साउदी  अरबबाट  १७०  वटा  र  कतारबाट  ९५  वटा शव  आएका  छन् ।  यस्तै  सो  अवधिमा  संयुक्त  अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन्  । त्यसैगरी  यस  अवधिमा  दक्षिण  कोरियाबाट पाँचवटा  शव  आइपुगे  भने  जोर्डनबाट  तीनवटा  र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।