१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भै‌‌सेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै



अ+ अ-

काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि ललितपुरको भैँसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।

लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको निवास एवं सम्पर्क कार्यालय भवन निर्माणको काम आशालाग्दो ढंगले अगाडि बढेको बताए । हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण भइरहेको छ ।

जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किक तथा हरियाली क्षेत्र हुनेछ । पहिलो चरणमा हाल भवन निर्माणको काम भइरहेको छ । आयोजनाका सिनिरियर डिभिजन इन्जिनियर प्रमोद कर्माचार्यले आगामी ६ महिनाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको बताउनुभयो ।

हाल सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ । प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।