१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एक वर्ष अघिदेखि ओली-ठाकुरबीच निकटता, आगामी चुनावमा सहयात्रासम्म जानसक्ने



अ+ अ-

काठमाडौं । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपा नेताहरु बताउँछन् ।

ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन् । ‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुर निकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो । त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पुरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि ठाकुरजी प्रधानमन्त्रप्रति आशावादी देखिनुभएको हो ।

मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ । यो भेटघाट कहिले एक्ला एक्लै र कहिले संयुक्त हुने गरेको छ । प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली काँग्रेसले बोलाएका तीन दलको बैठकमा पनि देखियो । काँग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन् । नागरिक दैनिकमा समाचार छ ।