१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म जसपा नखुल्ने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन् ।

‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छौँ ।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयनको विषयमा केन्द्रीत भएको उनले जनाए । जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए ।

नेपाली काँग्रेसले केही दिनअघि माओवादी केन्द्र र जसपाका नेताहरुलाई बोलाइ सत्ता समीकरणको विषयमा छलफल गरेको थियो । उक्त छलफलमा काँग्रेस सभापति देउवाले केपी ओली नेतृत्वको सरकार ढाली आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा छलफल गर्न आइतबार जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो । नागरिक दैनिकमा समाचार छ ।