१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि रेमिट्यान्स बढ्यो



अ+ अ-

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा विप्रेषण ८.६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या भने करिब ७५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४।२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २.७ प्रतिशतले घटेको थियो । समीक्षाअनुसार चालू खाता घाटा भने एक खर्ब ४८ अर्ब ६८ करोड रुपियाँ पुगेको छ । गत वर्षको यही अवधिमा त्यस्तो घाटा एक खर्ब १९ अर्ब ७० करोड रुपियाँ थियो । समीक्षाअनुसार शोधनान्तर बचत भने गत वर्षको ३७ अर्ब ८४ करोडबाट ६८ अर्ब रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।