१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माओवादीलाई संसद्कै चिन्ता



अ+ अ-

काठमाडौं । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन सकेको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा ठूलो दलको हैसियतमा रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नै वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा पुनः संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणा गर्न सक्ने त्रास माओवादी केन्द्रलाई रहेको छ । 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नयाँ सरकार गठन गर्नका लागि अविश्वासको प्रस्ताव संसद्मा जाने वातावरण नभएसम्म समर्थन फिर्ता लिएर मात्र अर्थ नहुने बताउँछन् । उनले भने, ‘हामीले यो सरकारको विकल्प खोजिरहेका छौं, कांग्रेस तयार भए पनि जसपा अझै तयार भइसकेको छैन, यो सरकारलाई हटाउन अवस्था भएपछि मात्र समर्थन फिर्ता लिन्छौँ ।’ नेपाल समाचारपत्र दैनिकमा समाचार छ।