२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख १७ हजार पुग्यो



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मुल्यमा हालसम्मकै उच्च मूल्य कायम भई प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।