१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विप्लव पुत्र डा प्रकाश र डा मान्यताले गरे जनवादी विवाह



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्द र डा मान्यता थापाले प्रगतिशील विवाह गरेका छन् ।

चितवनकी डा मान्यता र प्रकाशले बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् ।

चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो ।

प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् भने मान्यता केन्द्रीय सदस्य हुन् । विवाह समारोहका नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरूको सहभागीता रहेको थियो ।