काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा विशेष कार्यक्रम गरेर संविधान दिवस मनाएको छ ।
बिहान ७ बजे काठमाडौंको नारायणचौरमा आयोजना भएको कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिच्न खिचेका छन् ।
अध्यक्ष केपी ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’ नारासहित संविधान दिवस मनाउन आग्रह गर्नुभएको थियो । ओलीले नारायणचौरमा भेट गरी यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाउन अपिल गर्नुभएको छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज २०७२ मा संविधान जारी भएको थियो । आज विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएको छ ।