सख्खर भनेको उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । यसको केही सकारात्मक पक्षहरुसँग सम्बन्धित छ । सख्खर बहुउपयोगी खाद्य पदार्थ रुपमा चिनिन्छ । यसको फाँइदाहरु अनेक रहेका छन् । हामीलाई विभिन्न प्रकारका समस्या पर्दा हामीले सख्खरको प्रयोगले ति रोग र समस्यालाई निर्मुल गर्न सक्छौँ ।
१) शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।
२) छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।
३) पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।
४) सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्ट्रिक कम गराउन मद्दत गर्छ । कसैलाई ग्यास्ट्किको समस्या छ भने तिनीहरूले खाजा वा खानापछि थोरै भएपनि सख्खर खाने गर्नुपर्छ ।
५) सख्खर शरीरमा आइरन (फलाम)को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामीहरूका लागि यो धेरै फाइदाजनक हुन्छ । विशेषगरी महिलाहरूको लागि, यसको सेवन एकदम महत्वपूर्ण मानिन्छ ।
६) खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । यसको लागि विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।
७) सख्खर स्वभावैले सर्दी स्वभावको हुन्छ । त्यसैले यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
८) उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।
९) सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।
१०) सख्खर खाँदा ग्यास्ट्रिकको समस्या रहँदैन