
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघिय संसद भवनको ल्होत्से हलमा दलको बैठक बसिरहेको हो ।
बैठकमा पछिल्ला समसामयिक घटनाक्रम, संसदको अवरोध खुलाउने, विचाराधीन विधेयकलगायतका विषयहरुमा छलफल भइरहेको छ ।
यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने बताईएको छ । सांसद शर्मालाई सीआईबीले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको थियो ।
त्यसैगरी, बैठकमा बाढी पहिरो, डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा पाि सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ ।