२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन– चितवन प्रशासन



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद्का घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरु सक्षम रहेको जानकारी गराएको छ ।

चितवन प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक सञ्जार फेसबुक र मुगलिन बजार भन्ने पेजबाट मुग्लिङ–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आरएटी टिम कालीखोलालगायतका ठाउँमा खटिएका भनी सुन्तला रङको ज्याकेटमा आरएटी लेखी वाकिटकी सञ्चारसहितका युवाको फोटोसहितको पोष्टमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

हिजो मंगलबार मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोलाभन्ने स्थानमा माथिबाट लेदोसहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडकसहितका राज्यका अंगबाट भएको स्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाई सडक सुचारु गराई ट्राफिक व्यवस्थापन गरेको भन्दै चितवन प्रशासनले भनेको छ, “कुनै अमूक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँछौँ ।”

उक्त पोष्टमा सञ्चारको साधन वाकिटकीसमेत देखिएकामा उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो होइन भनी छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको चितवन प्रशासनले जनाएको छ ।

प्रशासनले ठूला विपद्का घटनाहरुमा राजनीतिक दल, नागरिक समाजलगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचयबिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीका रुपमा जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएको सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने पनि जनाएको छ ।