
काठमाडौं । नेपाल भ्रमणमा आउनु भएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
आईतबार मध्यान्न काठमाडौ आईपुग्नु भएका जियाजुन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्न अपरान्ह शितल निबास पुग्नु भएको थियो ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।