१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एक अर्ब २६ करोडको चोरीका सामान बरामद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिभर सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा रू नौ करोड ७९ लाख, भदौमा रू ११ करोड २५ लाख, असोजमा रू आठ करोड ७४ लाख ९४ हजार, कार्तिकमा रू छ करोेड ९१ लाख ५८ हजार बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्सिरमा रू आठ करोड ४८ लाख, ५१ हजार, पुसमा रू १७ करोड ५८ लाख ५० हजार, माघमा रू आठ करोड १९ लाख ९६ हजार, फागुनमा रू आठ करोड ७९ लाख ६० हजारको मालसामान बरामद भएको छ ।

त्यस्तै, चैतमा रू ११ करोड १८ लाख ३० हजार, वैशाखमा रू १३ करोड ८१ लाख ८९, जेठमा रू ११ करोड ४३ लाख ६४ हजार र असारमा रू १० करोड २३ लाख १२ हजार बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उहाँको भनाइ थियो ।

सो अवधिमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले रू २८ करोेड ७३ लाख ४५ हजार, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले रू ६५ करोड, ७० लाख २६ हजार, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले रू एक करोड ९० लाख ९९ हजार र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले रू दुई लाख ८१ हजार बराबरको मालसामान भन्सारमा दाखिला गरेको हो ।

त्यस्तै नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले रू २२ करोड १६ लाख १५ हजार, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले रू सात करोड ८३ लाख ४५ हजार रुपैयाँ भन्सार दाखिला गरेकोसमेत वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो । रासस