२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनको मूल्य बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ।

आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर १ हजार ४ सय ८० रुपैयाँ पुगि हालसम्म कै उच्च रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत जेठ २८ गते प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर चाँदीले नयाँ रेकर्ड बनेको थियो।

शुक्रबार सुनको मूल्य भने सामान्य बढेको छ। आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।