२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुमा लम्पिस्किन रोगको संक्रमण क्रमश: घटने क्रममा छ: मन्त्री भुसाल



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमश: घट्ने क्रममा रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पिस्किन रोग घट्ने क्रममा रहेको बताउनुभएको हो ।

संक्रमित पशुहरुको मृत्युदर पनि क्रमश: घट्ने क्रममा रहेको उहाँले बताउनु भयो । उहाँले हालसम्म १२ लाख भन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताउनु भयो । मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका छन् । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८१४ निको भएका छन् । २ लाख ३२ हजार ३०९ अहिले पनि संक्रमित अवस्थामा रहेका छन् । यस रोगको रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिनहरु आयात गरिरहेका छौँ । हालसम्म १२ लाखभन्दा बढी डोज भ्याक्सिन ल्याइएको छ ।

असार २६ गतेसम्म २ लाख ५० हजार ७६६ पशुलाई खोप लगाइएको छ । अहिले संक्रमण क्रमश: घट्नेक्रममा छ र मृत्युदर पनि क्रमश: घट्ने क्रममा रहेको सदनलाई जानकारी गराउन चाहान्छु । यस रोगको रोकथाम तथा नियन्त्रणको लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको छ । र साथै विभिन्न विकास साझेदारहरु सँग यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आह्वान पनि गरिएको छ ।’

मन्त्री भुसालले लम्पिस्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका बताउनु भयो । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित अवस्थामा रहेका उहाँले जानकारी गराउनु भयो ।