काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ ।
आज विहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनास्थलको मौसम प्रतिकूल भएसँग भकान्जेमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलट सीबी गुरुङसहित ६ जना सवार थिए । हेलिकप्टरमा पाँच जना मेक्सिकन यात्रु थिए। उनीहरु लुक्लामा एक रात बसेर काठमाडौं फर्कदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।