२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यदि तपाईंको पार्टनरको व्यवहार यस्तो छ भने ब्रेकअप गर्नु नै राम्रो



अ+ अ-

एजेन्सी । सम्बन्धमा माया र विश्वास दुईवटा यस्ता चिज हुन् जसले वर्षौंदेखि एकअर्कालाई बाँधेर राख्छन्, जहाँ यीमध्ये कुनै एक कुराको कमी भएमा सम्बन्धलाई अगाडि बढाउन चुनौती जस्तो देखिन्छ ।

आजकल झगडाका, कुटपिट र सम्बन्ध विच्छेदका घटनाहरु धेरै देख्न थालेका छन्, यसको एउटा कारण यो हो कि हामीले पार्टनरका केही बानीलाई बेवास्ता गरिरहने गर्छौं । जसले पछि तपाईको सम्पूर्ण जीवनलाई असर गर्न सक्छ । त्यसैले त्यसलाई बेवास्ता नगर्नुहोस् ।

झूटो बोल्नु
सम्बन्धमा विश्वास धेरै महत्त्वपूर्ण हुन्छ । यसलाई सम्बन्धको आधार मानिन्छ । तर यदि तपाइँलाई तपाइँको पार्टनरले तपाइँसँग अनावश्यक झूट बोलेको महसुस गर्नुहुन्छ र तपाइँ उसलाई धेरै पटक झुटो बोलेको भेट्नुभएको छ भने, सम्बन्धलाई पछ्याउने कुनै कारण छैन । सानो झुट कहिले धोकाको ठुलो कारण बन्छ थाहा पनि हुँदैन । यस्तो सम्बन्ध समाप्त गर्न राम्रो हुनेछ ।

एक्स (पूर्व प्रेमि–प्रेमिका)को बारेमा कुरा गर्नु
कसैसँग सम्बन्धमा रहनु गलत कुरा होइन । तर यदि उनी अहिले तपाईंसँग छन् तर अझै पनि आफ्नो एक्सको सम्झना वा तपाईंसँग उसको तुलना गरिरहेको छ भने, यो बानीलाई सहन आवश्यक छैन । किनकि पछि यसले सम्बन्ध बिगार्न सक्छ । यस्तो सम्बन्धबाट बाहिर निस्कनु राम्रो हुनेछ ।

हरेक समय झगडा मात्र
यदि तपाइँको पार्टनरले हरेक सानो कुरालाई झगडाको बिन्दु बनाउँछन् भने, बुझ्नुहोस् कि उनी यो सम्बन्धलाई अगाडि बढाउन चाहँदैनन् र तपाइँबाट अलग हुने बहाना खोजिरहेका छन् । जहिले पनि झगडाले फरक प्रकारको मानसिक समस्या दिन्छ । त्यसलाई लामो समयसम्म सहनुको सट्टा यस्तो व्यक्तिबाट टाढा रहनु नै बुद्धिमानी हुन्छ ।