काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ।
महानगर अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०÷८१ मा कक्षा ११ मा भर्ना भइ छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि आवेदन दिन आग्रह गरेको हो ।
जसअनुसार अनलाइनबाट असार २८ गते विहान १० बजेदेखि साउन १२ गते बेलुका ५ बजेसम्म आवेदन दिनसकिनेछ । साथै साउन २० गते परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्नहरु सोधिने महानगरको भनाइ छ । विद्यालयगत छाववृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिनेछ ।