काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि भएको पहिचानवादीहरुको आक्रमणको प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।
७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए ।
उनले कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केहि व्यक्तिले कालो झण्डा देखाएपनि जिविस हलमा सानदार रुपले कार्यक्रम सम्पन्न भएको बताए । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु पहिचानवादीहरुका लागि पनि लज्जाको बिषय रहेको उनको भनाई छ ।
उनले फेशबुकमा लेखेका छन्, एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’
https://www.facebook.com/yogeshbhattarai.ncp/posts/794810728683063?ref=embed_post