१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ताप्लेजुङमा चिर्पट प्रहार गरी श्रीमतीको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस