काठमाडौँ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल दुवै सदनमा जारी छ ।
प्रतिनिधिसभाको आज विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकको ६०औँ प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ । साथै आजको बैठकमा नेकपा (एमाले)का तर्फबाट २०४८ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, २०६३ सालको संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पेस हुनेछ ।
साथै राष्ट्रियसभाको बैठक विहान ११ः३१ बजे बस्नेछ । जसमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ भने त्यसक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुहुने सम्भावित कार्यसूची छ ।