१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओमिक्रोन बीए.टु चिन्ता लिनु पर्ने भेरिअन्ट हो ?



अ+ अ-

काठमाडौँ । कोरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरिअन्टले अहिले विश्वभरिका आधा कोभिड-१९ सङ्क्रमणका लागि जिम्मेवार छ।

तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरिअन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार बीए।वान हो।

तर अहिले एशिया र युरोपका धेरै देशहरूले बीए.टुका सङ्क्रमण बढिरहेको बताइरहेका छन्।

डब्ल्यूएचओका अनुसार उक्त सबभेरिअन्ट फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ।

'लुकेर बस्ने भेरिअन्ट'
बीए।टुलाई कहिलेकाहीँ 'लुकेर बस्ने' उपप्रजाति भनिने गरिएको छ। यो सबभेरिअन्टमा अनुसन्धानकर्ताहरूले डेल्टा र 'नियमित' बीए।वान ओमिक्रोनलाई छुट्टाउन प्रयोग गर्दै आएको जेनेटिक मार्कर अर्थात् आनुवंशिक चिन्ह हुँदैन।

अरू भेरिअन्ट जस्तै बीए.टुको सङ्क्रमण नाक वा घाँटीबाट निकालिएका र्‍यालजस्ता तरल पदार्थ र पीसीआर कोभिड परीक्षण किटहरूले पत्ता लगाउँछन् तर तिनले बीए.टु र डेल्टाबीचको फरक पत्ता लगाउन सक्दैनन्।

सुनिश्चित हुनका लागि थप परीक्षणहरू गराउनुपर्ने हुन्छ। बीए.टु विगतका भेरिअन्टभन्दा अझ सङ्क्रामक रहने ठानिएको छ तर अहिलेसम्मको तथ्याङ्कले तिनले गम्भीर समस्या निम्त्याउने सङ्केत दिएका छैनन्।

ओमिक्रोन बीए.टु के हो ?
भाइरसहरू उत्परिवर्तन भइरहँदा उनीहरू बेलाबेलामा विभिन्न उपसमूहमा टुक्रिन्छन्।

ओमिक्रोनको हकमा पनि त्यस्तै भएको छ र यसको उपसमूहमा बीए.वान, बीए.टु, बीए.थ्री र बी.वान.वान.फाइभटुनाइन देखा परेका छन्।

बीए.वानका कारण अहिलेका अधिकांश सङ्क्रमण भएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी जीआईएसएड तथ्याङ्क भण्डारमा ज्यानुअरी २५, २०२२ सम्म उपलब्ध गराइएका भाइरल डीएनएमध्ये करिब ९९ प्रतिशतमा यो सबभेरिअन्ट देखिएको उल्लेख गरेको छ।

के बीए.टु थप सङ्क्रामक छ ?
डेनमार्कको एसएसआईले ८,५०० घरधुरी र १८,००० व्यक्तिहरूमा गरेको अध्ययनले बीए.वानभन्दा बीए.टु उल्लेख्य रूपमा बढी सङ्क्रामक रहेको पाएको थियो।

उक्त भेरिअन्ट खोप लगाएका र अघिल्ला भेरिअन्टका कारण प्रतिरोधी क्षमता हासिल गरेका व्यक्तिहरूलाई सङ्क्रमण गराउन सफल देखिएको अध्ययनले जनाएको छ।

तर खोप लगाएका व्यक्तिले त्यसलाई सार्ने सम्भावना कम रहेको भनिएको छ। यूकेमा गरिएको अलग्गै अध्ययनले पनि बीए.टु सर्ने दर बीए.वानभन्दा उच्च रहेको देखाएको थियो।

तर एउटा प्रारम्भिक मूल्याङ्कनले लक्षण सहितको बिरामी निम्त्याउने दुवै सबभेरिअन्टविरुद्ध खोप कम प्रभावकारी हुने कुनै पनि प्रमाण फेला नपरेको जनाएको छ।

के बीए.टु अझ घातक छ ?
विगतको ओमिक्रोन भेरिअन्टका अरू प्रजातिभन्दा बीए।टुले अझ गम्भीर बिरामी निम्त्याउँछ भनेर पुष्टि गर्ने कुनै तथ्याङ्क छैन।

'अरू देशहरूलाई हेर्दा बीए.टुले अहिले (बीए.वान)लाई जितिरहेको छ। हामीले अपेक्षा गरेको भन्दा ठूलो परिमाणमा अस्पताल जानुपर्ने अवस्था देखेका छैनौँ,' डब्ल्यूएचओको कोभिड रेस्पोन्स टिमका डा. बोरिस पाभ्लीनले भने।

उनका अनुसार बीए.टुले बीए.वानलाई विस्थापित गरेको अवस्थामा पनि त्यसले महामारी अघि बढ्ने क्रम र उपचार गर्ने प्रक्रियामा खासै असर नगर्ने बताए।

'त्यसको प्रभाव उल्लेखनीय हुने सम्भावना छैन तर पनि थप तथ्याङ्क आवश्यक पर्छ,' डा. पाभ्लीनले थपे।

विगतका अरू भेरिअन्ट जस्तै विज्ञहरूले गम्भीर बिरामी, अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु रोक्न खोप प्रभावकारी भइरहने विश्वास व्यक्त गरिरहेका छन्।

डा. चन्दका अनुसार अहिलेसम्म बीए.टु वा बीए.वान कुनले गम्भीर बिरामी निम्त्याउँछ भन्नेबारे अपर्याप्त प्रमाण रहेको छ तर सो विषयमा अनुसन्धान जारी छ।

उनले मानिसहरू चनाखो हुनुपर्ने र खोप लगाउनुपर्नेमा जोड दिइन्। त्यसबाहेक लक्षण देखिएको अवस्थामा पीसीआर सहितका परीक्षण गर्नुपर्ने उनको भनाइ छ। (बीबीसी)