१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारी कागज किर्ते गरेर रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास



अ+ अ-

काठमाडौं । रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।  

यसका लागि चीनतर्फ सामग्री हाल्ने फ्रेम निर्माण गरिएको छ । उक्त फ्रेम एक पटक प्रयोगमा ल्याएपछि दोहो¥याएर प्रयोग गर्न नमिल्ने सिलिक ट्रान्सर्पोटका निर्देशक सोनाम वाङ्दी लामाले बताए । ‘एक महिनाअघिदेखि सामग्री हाल्ने फ्रेम निर्माण भएको सुनिएको छ,’ उनले भने, ‘यो प्रक्रिया लागु भयो भने नाका बन्द हुन्छ ।’ यो एक पटक प्रयोग गर्दा करिब ८ हजार ९ सय ९० आरएमबी तिर्नुपर्छ ।  

कमिटीले चीनको केरुङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई उक्त प्रणाली सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएर पत्र पठाएको छ । यसले चिनियाँ पक्षलाई फाइदा हुन्छ र सुरक्षित पनि हुन्छ । तर नेपाली व्यवसायीले नाकाबाट हात झिक्नुपर्ने अवस्था आउने उनको भनाइ छ । गोसाइँकुण्ड गाउँपालिका–२ को छाप तथा लेडरप्याड किर्ते गरेर कमिटी निर्माण गरिएको हो । नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति नदिएको वडाध्यक्ष दावा दोर्जे तामाङले बताए । ‘हामीले नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति दिएका छैनौं,’ उनले भने, ‘हाम्रो वडाको छाप निर्माण गरेर कमिटी गठन गरेको सुनेका छौं ।’  

यो समाचार आजको नागरिक दैनिकमा छ ।