१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेमा एकजुटको संकेत हुँदा देउवा संशकित



नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले तीनवटै समूह सहमतिनजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।

प्रदेश १, बाग्मती प्रदेश, लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार छ । ती प्रदेशहरूमा ओली र नेपाल समूह एकजुट छन् । गण्डकी प्रदेशमा एमालेकै सरकार थियो । पछिल्लो समय कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनेको छ । यहाँ एमालेको सरकार जोगाउन ओली र नेपाल समूह एकजुट नै थिए तर सरकार जोगाउन सकेनन् ।

कर्णालीका चार सांसदलाई एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा कारबाही गरिएको थियो । तर, सो कारबाही सर्वोच्चले मान्यता नदिएपछि प्रदेशस्तरबाटै एमाले एकताका लागि दबाब सुरु भएको हो । शीर्ष नेताहरूले समेत अन्य विवादित विषय थाँती राख्दै बैठकबाटै समस्या समाधान गर्न सहमत भएका छन् । यसअघि प्रदेशमा नै असन्तुष्ट बनेका केन्द्रीय तहका नेताहरू भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतसमेत पार्टी एकताको पक्षमा देखिएका छन् ।

प्रदेशमा पार्टीलाई एकजुट राख्न पछिल्लो समय नेतृ शाक्य र नेता आचार्यको महत्वपूर्ण भूमिका रहेको कार्यकर्ताको विश्लेषण छ । पछिल्लो समय एमाले विवाद मिलाउन एमालेका दर्जन बढी दोस्रो पुस्ताका नेता सक्रिय रहँदै आएका छन् । उनीहरूले समेत शीर्ष नेतालाई दबाब दिँदै मिल्न बाध्य बनाएका हुन् । २ जेठकै कमिटीको संरचनाअनुसार स्थायी कमिटीको बैठक बस्ने भएपछि नेपाल र गौतम समूहको माग पूरा हुने देखिन्छ ।

तर, माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरूको हकमा सोही बैठक वा दोस्रो बैठकबाट पार्टीमा जिम्मेवारी दिने विषयमा निर्णय गरी समेट्ने गरी अघि बढ्ने विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । यसैबीच, एमाले उपमहासचिव विष्णु पौडेल सोमबार उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका छन् ।

करिब ४ घण्टा लामो समय छलफल गरेका गौतम र पौडेलबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले बताए । एमाले स्रोतका अनुसार आ–आफ्नो अडानमा रहेका नेताहरूको अहिलेको अवस्थामा स्थायी कमिटी बैठक कसरी बोलाउन सकिन्छ रु भन्ने विषयमा छलफल भएको छ । यसअघि पौडेलले वरिष्ठ नेता नेपालसँग समेत छलफल गरेका थिए ।

यसअघि ओली र नेपालले छुटाछुटै विभिन्न ६ बुँदे प्रस्ताव गर्दै एकताका लागि आह्वान गरेका थिए । तर, एकले अर्काको प्रस्ताव अस्वीकार गर्दै आएका थिए । विवादकैबीच ओलीलाई भेटेका गौतमले २ जेठको संरचनाअनुसारको स्थायी कमिटीको बैठक बोलाएर त्यहीँबाट समस्या समाधान गर्न अपिल गरेका थिए ।

देउवा संशकित
एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् । सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् । एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ । एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर, नेपाल र देउवाबीच केके कुराकानी भयो खुलाइएको छैन ।

देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहले हस्ताक्षर गरेका थिए । गत शनिबार देउवा, नेपालसहित पाँच जना पूर्वप्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गरेका थिए । राजधानी दैनिकमा