१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चेन्नईलाई ३ रनले हराउँदै राजस्थान आईपीएलको शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को रोमाञ्चक खेलमा राजस्थान रोयल्स (आरआर) ले चेन्नई सुपर किंग्स (सीएसके)लाई ३ रनले पराजित गरेको छ । चेन्नई लाई अन्तिम ओभरमा २१ रन चाहिएको थियो । यस ओभरमा महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाको अगाडि सन्दीप शर्माले १७ रन मात्र खर्च गरे । धोनी–जडेजाले अन्तिम १२ बलमा ४ छक्का र एक चौका प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

चेन्नई घरेलु मैदानमा १६ औं खेलमा पराजित भएको छ । त्यस्तै, राजस्थानले १५ वर्षपछि चेन्नईलाई उसको घरेलु मैदानमा हराएको हो । अन्तिम पटक टोलीले २००८ मा जितेको थियो । चेन्नईको यो सिजनको दोस्रो हार हो, टोली अंक तालिकाको ५ औं स्थानमा छ ।

बुधबार राति चेन्नईको चेपक स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा चेन्नईको टोलीले २० ओभरमा १७२ रन मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १८ औं ओभरमा १४ रन बनाए । १९ औं ओभरमा जडेजाले २ छक्का प्रहार गर्दै १९ रन बनाए । अन्तिम ओभरमा २१ रन आवश्यक हुँदा धोनीले ओभरको दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । तर सन्दीप शर्माले अर्को ३ बलमा मात्र ३ रन दिएर राजस्थानलाई जित दिलाए ।

टस हारेर ब्याटिङ गरेको राजस्थानले ११ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि जोस बटलर (५२ रन) र देवदत्त पड्डिक्कल (३८ रन)ले ७७ रनको साझेदारी गरे । मिडल अर्डरमा अश्विन र हेटमायरले ३०–३० रन बनाएर टोलीको स्कोर १५० मा पुर्याए । चेन्नईका लागि आकाश सिंह, तुषार देशपाण्डे र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

जवाफमा चेन्नईले पनि १० रनको टिम स्कोरमा ऋतुराज गायकवाडको विकेट गुमाएको थियो । यस्तो अवस्थामा डेभोन कोनवे (५० रन) र अजिंक्य रहाणे (३१ रन)ले दोस्रो विकेटका लागि ६८ रन जोडे । मध्यक्रममा शिवम दुबे, मोइन अली र अम्बाती रायडुले खासै योगदान गर्न सकेनन् । १७६ रनको लक्ष्य पछ्याएको सिएसकेको सुरुवात राम्रो हुन सकेन ।

पावरप्लेमा नै टिमले ऋतुराज गायकवाडको विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका अजिंक्य रहाणेले डेभोन कोनवेसँग ४३ बलमा ६८ रनको साझेदारी गरे । रहाणे ३१ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो । १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले औसत सुरुवात गरेको थियो । पावरप्लेमा एक विकेट गुमाएको टोलीले ४५ रन बनाएको थियो । ऋतुराज गायकवाड ८ रन बनाएर आउट भए ।

चेपौक स्टेडियममा चृन्नईको लागि २०० औं खेलमा कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । राजस्थानका जोस बटलरले ३६ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । आईपीएलमा बटलरको यो १८औँ अर्धशतक हो । बटलरका अलावा देवदत्त पड्डिक्कलले २६ बलमा ३८ रन बनाए । यी दुईबीच ७७ रनको अर्धशतकीय साझेदारी थियो ।

राजस्थानका शीर्ष क्रमका ब्याट्सम्यान बटलरले इन्डियन लिगमा ३ हजार रन पनि पुरा गरे । जोसले ८५ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । सबैभन्दा छिटो ३ हजार रन बनाउने कीर्तिमान क्रिस गेलको नाममा छ । राजस्थानका कप्तान सञ्जु सामसन लगातार दोस्रो खेलमा शून्य रनमा आउट भए । रविन्द्र जडेजाले ९औं ओभरको पाँचौं बल मिडल स्टम्पमा गुड लेन्थमा बल दिए । बल घुम्यो र स्टम्पमा ठोकियो । दिल्ली क्यापिटल्सविरुद्धको .खेलमा पनि सामसनले खाता पनि खोल्न सकेका थिएनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले दोस्रो ओभरमा यशस्वी जैसवालको विकेट गुमाएको थियो । जैसवालले मात्र १० रन बनाउन सके । त्यसपछि ब्याटिङमा आएका देवदत्त पड्डिक्कलले जोस बटलरसँग पावरप्लेमा टोलीको स्कोर ५७ रनमा पुर्याएका थिए ।

महेन्द्र सिंह धोनीले आईपीएलको २०० औं खेलमा चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका थिए । धोनीको कप्तानीमा चेन्नईले १२० खेल जित्नुका साथै ४ पटक आईपीएलको उपाधि जितेको छ । आईपीएलमा कप्तानको रूपमा टोलीका लागि सर्वाधिक समय खेल्नेमा रोहित शर्मा दोस्रो स्थानमा छन् । रोहितले १४६ खेलमा मुम्बईको कप्तानी गरेका छन् । बैंगलोरका लागि १ सय ४० खेलमा कप्तानी गरेका विराट कोहली यो सूचीमा तेस्रो नम्बरमा छन् ।

राजस्थानका लागि रविचन्द्र अश्विन र युजवेन्द्र चहलले दुई–दुई विकेट लिए भने सन्दीप शर्मा र एडम जाम्पाले एक–एक विकेट लिए । जितसँगै राजस्थान चार खेलबाट तीन जितसहित ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

आजको खेलः पञ्जाव किंग्स भर्सेस गुजरात टाइटन्स, साँझ ७ः४५ बजे