२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएको छ ।

मंगलवार काठमाडौंमा जारी वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सतिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा बिस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताउनुभएको हो ।

उहाँले शाखा बिस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताउनु भयो । उहाँले अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताउनु भयो । उहाँले देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धानका गतिविधिहरुलाई तिब्रता दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा बिस्तार गर्नुपर्छ । त्यसको लागि मन्त्रालय लागि परेको छ । हामीले प्रादेशिक रुपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यक्ता हो । त्यसका लागि हामील गहन छलफल छौँ । कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ, अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ । हाम्रा नीतिहरु त्यसैअनुरुप अघि बढ्नु आवश्यक छ ।’

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताउनु भयो ।

उहाँले युवाहरुको नविन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले तय गरेका विकास सम्बन्धिमा वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने, वैज्ञानिक, प्रविधिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने उल्लेख छ । संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्नेछ ।

वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिनेछ । युवा राष्ट्रको भविष्य हुन् । उनीहरुको नविन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्छ । त्यसैले युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइनेछ । यसले अनुसन्धाताको मनोबल उच्च राख्नेछ ।’

उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताउनु भयो ।