काठमाडौं । एक युवकले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका छन् । संसद भवनको एक नम्बर गेट अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन् ।
ती युवकले पेट्रोल खनाएर आगो लगाउन खोजेको बताइएको छ । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यसअघि केही महिना पहिले संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा निधन भएको थियो ।