१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कृत्रिम फोक्सो राखेर काठमाडौँको वायु प्रदूषण मापन सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौँको वायु प्रदूषणको अनुभूत योग्य मापनका लागि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेश द्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले युयसएआईडी, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो राखेको हो ।

यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र छ । यो संयन्त्रले फोक्सोलाई मानिसले सास फेरे जस्तै सञ्चालन गर्छ । ३० दिनको अवधिमा वायु प्रदूषणले फोक्सोको रङ्गमा कस्तो प्रभाव पार्छ, यसलाई हेरिनेछ ।

वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृत्रिम फोक्सोसँगै काठमाडौँको वायु प्रदूषणको मात्रा देखाइनेछ ।

वातावरण र जनस्वास्थ्यको सुधारका लागि निर्णयकर्तालाई यसले वास्तविक अवस्था देखाउनेछ । वायु प्रदूषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रक्रियाका लागि यसबाट तथ्य प्राप्त हुनेछ ।

विश्वका १३१ भन्दा धेरै देश वायु प्रदूषणसँग सम्बन्धित समस्यासँग जुधिरहेका छन् । सन् २०२२ मार्च ४ तारिखमा सार्वजनिक भएको स्वीस प्रविधिमा आधारित आइक्यु एअरको अध्ययनले धेरै वायु प्रदूषण हुने देशहरुमा नेपाललाई १६ औँ स्थानमा देखाएको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो । त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो । नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये दीर्घकालीन फोक्सोको रोग (सीओपिडी) एक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्६६ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुन्छ ।

वायु प्रदूषणका लागि व्यक्तिका हरेक क्रियाकलाप जिम्मेवार हुन सक्छन् । उनीहरुका आचरणगत क्रियाकलापका कारण प्रदुषण बढाउन योगदान नगर्नेलाई पनि असर गरिरहेको हुन्छ ।

विश्व अहिले गैर संक्रामण रोगबाट हुने मृत्युको जोखिममा धकेलिँदै गएको छ । यसबेला सहरलाई मानव बसोबास अनुकुल बनाउन वायु प्रदूषण नियन्त्रण साझा मत निर्माण हुनुपर्ने आवश्यकता देखिएको छ ।